कैलासवावु श्रेष्ठ गोरखा
माघ ११ गते । गोरखा सदरमुकाम वाट पाँचखुवा देउराली तर्फ जादै गरेको ना।२ ख ७२५१ नम्बरको यात्रु वहाक बस आज दिउसो ताप्लेको कटुस घारी भन्ने स्थानमा दुर्घटना ग्रस्त हुदाँ नौ जनाको मृत्यु भएको छ भने तिन दर्जन यात्रु घाइते भएका छन ।
यातायात ब्यवसायी समिति गोरखा अन्तर्गतको उक्त वस दिउसो ११ः३० वजे गोरखा सदरमुकामको लोकतान्त्रिक चोक वाट पाँचखुवा देउराली तर्फ जादै गरेको उक्त वस ताप्लेको कटुस घाँरी भन्ने स्थानमा पुगे पछि धुमारो मोड वाट एक्कासी तल खसेको थियो । कच्ची सडक सतह वाट १ सय मिटर तल खसेको उक्त वस पिसाव फेर्नका लागी रोकेर हिडाउनु साथ दुर्घटना भएको थियो ।
दुरघटनामा स्थलमा सात जनाको मृत्यु भएको थियो भने एक जनाको गोरखा अस्पतालमा र एक जनाको काठमाण्डौं उपचारका लागी लाने क्रममा वाटोमा नै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ताप्ले गाउँ विकास समिति-९ का ३८ वर्षिय प्रेम प्रसाद भट्ट र ५० वर्षीया सिता भट्ट पन्द्रुङ्ग-२ का ५५ वर्षे लुक्रे परियार आरुपोखरी-२ का २८ वर्षिय गणेश वहादुर श्रेष्ठ पन्द्रुङ्ग-१ की ५२ वर्षिया गौरी देवकोटाको मृत्यु भएको हो । उत्त घटनामा परी धावा-५ की १९ वर्षिया कल्पना खत्री धावा-४ की ३० वर्षिया मिनाक्षी िसंखडा पन्द्रुङ्ग-८ का ४५ बर्षे लाटो दमाई र उपचारका लागी काठमाण्डौं लादै गर्दा पन्द्रुङ्ग-९ का ५२ वर्षिय पुर्ण वहादुर गुरुङ्गको मृन्यु भएको हो ।
घटनामा परी २८ जना घाइते भएका छन । घाइते मध्ये ११ जनालाई थप उपचारका लागी काठमाण्डौं लगीएको छ भने केहीको गोरखा अस्पतालमा नै उपचार भै रहेको छ । घाइते मध्ये केही भने सामान्य उपचार पछि घर फर्केका छन ।
घटनामा संलग्न रहेका चालक टक वहादुर गुरुङ्गलाई भने रातको समयमा प्रहरीले दुर्घटना भएको जंगल वाट नियन्त्रणमा लिएको छ ।