Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पर्यटन वर्ष विशेष – आँधीमुलमा पर्यटन विकासको संभावना


भगवान खनाल

आँबुखैरेनीको वाड नम्बर १ मा पर्ने आधीमुलमा एकादशी जात्रामा मेला भर्न आएका भक्तजनहरुको भिड

पाचेवाजाको धुन गुिजएको छ । फूलका डोलीको ताँती छ । रंगीचंगी ध्वजापतकाले डोलीलाई शोभायमान बनाइएको छ । मानिसका लस्कर छन् । जाने र आउनेको भीड छ । बृद्धबृद्धा बालक र युवायुवतीहरु मेला भर्न आएका थिए । यस्तै दृश्यमा तनहुँको आँबुखैरेनी गाविसमा पर्ने आँधीमुलको एकादशी मेलामा हजारौं आन्तरिक पर्यटकहरु सहभागी हुने गरेका छन् । पृथ्वीराजमार्गको सत्रसयबाट आधाघण्टा दुरीमा रहेको मन्दिरमा बर्षैपिच्छे तिहारको एकादशीमा लाग्ने ठूलो मेलामा तनहँ गोरखा चितवन र लमजुङ जिल्लाबाट मानिसहरु आउँछन् । एकादशीको दिन आँधीमुल बराहीदेवीको पूजा दर्शन र नुहाउने गरेमा मनोकामना पुराहुने जनश्रुति रहेको छ । पहाडको फेदबाट निस्कने पानीको आधारमा मन्दिरको स्थापना भएको भन्ने पाइन्छ । स्थानीय एक मगर जातकी महिला आफ्नो छोरा लिएर माइत जादै गर्दा उसले आँ डि माई भनेको र ती महिलाले भूई खोतलेर पानी खुवाएको आधारमा परम्परागत रुपमा नै मन्दिरको स्थापना भएको किवंदन्ति रहेको छ । डि भनेको मगर भाषामा पानीलाई बुझिन्छ । त्यसपछि क्रमश पानी निस्कदै आएको र पानीसँगै प्राकृतिक माछाहरु ब्ाढ्दै आएको बताइन्छ । मेलामा पोखरीबाट निर्मित २२ धारामा नुहाउन र प्राकृतिक माछा हेर्नको लागि मानिसहरु आएका हुन् । पोखरी एकदमै कमजोर छ । पहिलापहिला त कटुसका स्याउला बारेर मात्रै पोखरी बनाएको बताउँछन् स्थानीय डम्बरबहादुर थापा । पोखरीलाई बलियो बनाइ विकासका अन्य पूर्वाधारहरु भएको मन्दिर बनाउन चाहेको देवीप्रसाद अधिकारीले बताए । पोखरीबाट निस्केको पानीले एकहजार रोपनी खेत रोपिएको उनले बताए ।
एकादशीको अघिल्लो रात घरमा सत्यनारायणको पूजा गरी भोलिपल्ट भाक्कल अनुसार मन्दिरमा फूलको डोली लैजाने परम्परा सदियौंदेखि प्रचलनमा रहेको छ । काठमा कपडाले बेरेर त्यहाँभित्र तोरण फूल र चोखाकपडाका टुक्रा र प्रसादहरु राखेर डोली लगिन्छ । तोरण भनेको बाँटेको बाबियोको लामो लठ्ठा हो ।
आन्तरिक पर्यटनको राम्रो संभावना बोकेको आधिमुल मन्दिरको प्रचारप्रसारको कमि रहेको छ । पहाडको काखबाट भुलभुल गर्दै आएको ठूलो मूलको पानीलाई स्थानीयले पर्खाल लगाएर बाइसबटा धारा बनाएका छन् । यो पर्खाल कमजोर भई पानी चुहिएर जाने गरेपछि मेलामा नुहाउनको लागि पोखरीको िपंधमा विसौबोरामा ढुंगा हालेर गाडिएको थियो । यी धाराहरु बनाएको बीस बर्ष भएको छ । जतिसुकै खडेरी पर्दा पनि मुलमा पानी घट्दैन । मन्दिरको स्थापना दलित महिला पाकुली परियारले आफन्तको सभ्झनामा गरिदिएकी थिइन् । मन्दिरको नाममा जग्गा रहेको छ । मन्दिरको नाममा रहेको गुठीबाट खेत पूजारीले नै भोगचलन गरी पोखरीका माछालाई आहरा खुवाउने गर्छन । मन्दिरमा मगर जातिका पूजारी रहेका छन् ।
मेलामा व्यापार पनि राम्रो हुने गर्दछ । मन्दिर परिसरको खुला चैारमा खाजाका विभिन्न परिकारहरु बेचविखन गरिन्छन् । केही स्थानीय युवाहरुको समूहले कलाकारहरु बोलाएर साँस्कृतिक कार्यक्रम पनि लेखाएर मानिसहरुलाई मनोराजन दिन थालेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 23, 2011 by in historical place.
%d bloggers like this: