अपाङमा आश्रित परिवार
भगवान खनाल,आँबुखैरेनी / आँबुखैरेनी पोष्ट

राजमार्गमा गुड्ने बसमा गित गाएर माग्दै सुवेदी
अपाङ यस्ता पनि हुन्छन् जसले आफूमात्रै हैन परिवारै पालेका हुन्छन् । जन्मजात रुपमा दुवै आँखा देख्न नसक्ने गरी अपाङ भएका गोरखा धुवाँकोट २ मुलाबारीका शम्भु सुवेदीसँग परिवारै आश्रित छ । उनको परिवारमा श्रीमति र तीन भाइ छोराहरु छन् । यी सबैका पालनपोषणका श्रोत शम्भुमात्रै हुन् । उनले पोखरा रुपाकोटकी निर्मलासँग सात वर्ष अघि विवाह गरेका थिए । उनीहरुको कोखबाट जन्मेका तीन छोरामा जेठा ६ माहिला ४ र कान्छा डेढ बर्षका भएका छन् ।
शम्भुको मुख्य पेशा नै गाडीमा मागी हिड्नु हो । उनी पृथ्वीराजमार्गको मुग्लिङ आँबुखैरेनी र सत्रसय खण्डमा मागी हिड्छन् । यसको अलाबा उनको कमाइको कुनै सहारा छैन । महिनामा पन्ध्रदिनमात्र मागी हिड्छन उनी । भन्छन् ूसधैं हिड्दिन घरमा बसेर बालबच्चा हेर्ने काम पनि गर्छु ।मागी हिडेको दिनमा दिनको ६ सयदेखि ३हजारसम्म पनि हुन्छू सुवेदीले भनें सबै पैसा घरखर्चमा नै ठीक हुन्छ ।ू उनको जग्गा जमिन छैन । सार्वजनिक जमिनमा सानो झुपडीमा बसेका छन् ।
पैसा राख्न उनले झोला बोकेका छन् । जम्मा भएको पैसा चिनेका मानिसलाई गन्न दिन्छन् । पैयुको लठी टेकेर हिड्छन् ।
Like this:
Like Loading...
Related