Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

सूर्योदय हेर्न गोरखा


भगवान खनाल

घडीमा पाँच बजेपछि सूर्योदय हेर्न रातभर आतुरिएको म बहिनी ज्योतिको मोबाइलमा घण्टी दिन्छु । तीन खेप घण्टी दिएपछि उनले फोन रिसिभ गरिन् । हामीले अघिल्लो साँझ नै सूर्योदय हेर्ने योजना बनाएको थियौं । पाँच बजेर १४ मिनेटतक दुई जना गोरखनाथ कालिका मन्दिरको दिशामा लाग्यौं । उकालोमा मलाई स्वाँस्वाँ हुन थाल्यो । टर्चलाइटको साहरामा गएका छौं । बिसे नगर्चीको सन्ततिका गाउँ सुनसान छ । बाटोमा पानी लिन आएकाहरुको टर्चको उज्यालोले हाम्रो पिलपिलले लाइटको ज्योति खाइदियो । उता गोरखाबजार सुतिरहेको छ । मानिसहरु जाडोको विस्तारा छोड्न शायद चाहिरहेका छैनन् । ठाउँठाउँमा सुस्ताउदै जादा कालिका मन्दिर पुग्नेबेला पौने ६ बज्यो । समय यति भएपनि पुषको विहानी अध्याँरो नै छ ।
हामी मन्दिरलाई बाँयाँ पार्दै शिद्धपाइलाहुदै उपल्लोकोट लम्केका छौं । ढुँगाको सिढीमा टकटक आवाजमा हिड्नु आफैंमा अनुपम लाग्छ । मन आनन्दित भइरहेको छ । चराचुरुङीका आँखा विस्तारै खुल्दै गएको आभाष पाइन्छ । सुस्तसुस्त कराएको आवाज आएको छ । केहीबेर हिडेपछि बायाँपटी नेपाली सेनाको गण आउँछ । गणको वरिपरि विजुलीको उज्यालोमा टर्च बन्द गरेका छौं । यो भन्दा केही माथि सेनाले पहरा दिएर राखिएको स्थान आउँछ जहाँ नेपाल टेलिभिजनको टावर प्रसारण केन्द्र मेरो मोबाइलको टावर इन्रनेटको टावर प्रहरीको वायरलेस वाकीटकी टेलिफोनको टावर लगायत महत्वपूर्ण वस्तुहरु छन् । सेनाले यसैलाई पहरा दिएको हो ।
बाटोमै केही शताब्दी पुरानो दुईटा मन्दिर छन् सानो एउटाचाहिँ ढल्केको छ । यसको शेख माथि एउटा किल्ला आउँछ यो नै उपल्लोकोट हो । यो एउटा गढी जस्तो छ । प्रवेशद्धार खुला छ । भित्रपटी भैरवको थान छ । त्रिशुल खुडाँ घण्टा छ । पुरानो ओखल पनि छ । भैरवको थानको आफ्नै ऐतिहासिकता छ । वरिपरी बाक्लो एकमान्छे ढुगांको पर्खाल छ । योभन्दा भित्र सानो धर्मशाला छ । टायलको छानो छ बलिया काठबाट बनेको छ । हामी पर्खालमा उक्लियौं । समय सवा ६ भएको छ तर उज्यालो अझैभएकै छैन । ज्योति पर्खालमा पल्टिइन् । म दायाँबायाँ गरिरहेको छु । सूर्येादयकॊ आभाष बल्ल भएको छ । क्षितिज उघारिदै आएको छ । र्छायाँ जस्तो क्यानभास देखिएको छ । ज्योतिले भनिन् तलको टावरबाट अझै राम्रो देखिन्छ । हामी टावर भएको टाउँमा झर्यौं । टावर एरिया पनि उपल्लोकोट नै हो ।

टावरमा चढेपछि

पहेंलो पहेंलो रातो रातो रंगको सूर्योदय देखिन थाल्यो । मनमा खुशीका शुक्राणुहरु यौन्जनौं टाढा पुग्नेझैगरी दौडिएका छन् । यो अण्डा आकारको छ । टल्केको छ । धर्ती उधार्दै झलमल्ल उज्यालो दिदै छ । शक्तिशाली देखिन्छ र चारैतिर फैलिदै गइरहेको छ । नवजात छ घाम विस्तारै शिशुअवस्था उन्मुख छ । निकै कलिलो छ । डाँडाबाट लम्किएर चुम्बन गरिदिन मन लाग्छ । खैर कल्पनामात्र हो यो । घामलाई सिधा आँखाले मिनेटौं हेरिरहेको छौं हामी । ज्योतिकॊ साथले म टावरमा चढेको छु । घामको मोहिनीमा तीनदशकको मेरो जवानी उन्मत्त बनिरहेको छ । पुषको कठ्यांरिदो जाडोमा टावरका डण्डीले हात निकै चिसो भएको छ । जति खुड्किलोमाथि जान्छु उतिनै धड्कन बढेको छ । आरामले टावरमा जान सकिन्छ ।
यो रिपिटर टावर सुनसान जगलकोबीचमा पर्छ । जुनसुकै रिपिटर टावरको उचाइँ १ सय फिट हुन्छ रे । ठाउँठाउँमा सुस्ताउन मिल्नेगरी यसमा तीनवटा तह छ । यी तहमा एकैपटकमा ३÷४ जनासम्म सुस्ताउन सकिन्छ । जमिनबाट पहिलो तहमा पुग्न ३५ वटा खुड्किलो उक्लनुपर्छ । यस्तै पहिलोबाट दोश्रोमा पुग्न १२ वटा र दोश्रोबाट तेश्रो तहमा पुग्न पनि १२ वटै खुड्किला अन्तर छ । यहाँ पुग्दा आकाशमै पुगेजस्तो हुन्छ । यसभन्दा माथि अर्को तह छैन तर यो भन्दा माथि पनि ८ वटा खुड्किलो छ जुन सबैभन्दा टुप्पो हो । यसरी टावरमा जम्माजम्मी ६७ वटा खुड्किलाहरु छन् । जाडोको न्यानो घाम टावरसम्मको दूरीमा विस्तारै आइरहेको छ । ज्योती भनिरहेकी छन् ूघाम त क्या सही छ है दाइ ।ू घाम खुल्दै आएपछि सल्लाको पात युवतीका कपाल कोरे जस्तै सिर्लिक्क परेका छन् । केहीबेर अघिसम्म काला ढाँड र नितम्बमा देखिरहेका सल्ला घामको मिश्रणले अमि्रकाने गोरी युवतीजस्तै स्निग्ध बनेका छन् । बजारमा गाडीले बजाएका तुर्रतुरे आवाज आइरहेको छ । टावरबाट मुकामका घर गन्ने सकिन्छ जस्तै देखिन्छ । वरिपरिका गाउँ र वस्तीमात्र हैन हिमाली भुदृश्य मज्जाले विचरण गर्न पाइन्छ ।
गोरखाको प्राचिन राजनैतिक इतिहास छ । यतिमात्रै हैन यसको धार्मिक र साँस्कृतिक महत्व उत्तिकै छ । गोरखाको सबैखाले वैभवहरु छन् । यसका थुप्रै पाटापक्षहरु छन् । गोरखानाथ कालिका मन्दिरबाट पूर्वी दिशाको उपल्लोटकोट परिसर पाल्पाको श्रीनगरकै छनक दिन्छ । ठूला ठूला गह्रामा बनेको जंगल मनमोहक छ । २०४७ सालमा अधिग्रहण गरेर सयौं रोपनी क्षेत्रफल दरबारको नाममा लिइएको हो । रानी ऐश्वर्यले वृक्षारोपण गरेर जंगल लगाएको हुनाले यसलाई रानीवन भनिन्छ । जंगलका रुख उमि्रएका नभइ वृक्षारोपण गरी हुर्काइएको हो । सयौंका संख्यामा रहेका सिरिस सल्ला खल्लु पैयुँ काफल धूपीँ लाकुरीगुराँस चिलाउनेले वातावरणमा सुलीलता दिन्छ । हिड्ने सिढीं सफा छ । गोरखा दरबार हेरचाह अड्डाका कर्मचारीले यसलाई सफा बनाएका छन् ।
सूर्य उदाएको हेर्न गोरखाको उपल्टोकोट काफी छ । यहाँको सूर्योदयको बारेमा प्रचारप्रसार खासै भएको छैन् । आमसंचारका साधनले नै यसबारेमा दिशानिर्देश गरिदिनुपर्छ । राजधानीबाट सदरमुकाम पाँच घण्टामा आइन्छ । अघिल्लो रात बसेर भोलिपल्ट बिहान एकघण्टा हिडेर सूर्योदय गर्न सकिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 17, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: