Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

शौचादि सिधै खोलामा काण्ड/ पानीको मुहानमा स्थानीयको ढलनल, सरसफाई समिति गठन


आँबुखैरेनी गाविस भवनमा सरसफाई समितिको छलफल

[
आँबुखैरेनी गाविसले खुला दिशापिसाब घोषणा गर्न लागेको पूर्वसन्ध्यामा केही वाधा व्यवधानहरु आँबुखैरेनीबजार हाता र गाविसको मिलनचोकमा रहेकोले गाविसको भेलाले एक सरसफाइ तथा बजार अनुगमन समितिको गठन गरेको छ । आँबुखैरेनी सरसफाइ समन्वय समितिले बजारक्षेत्रको सरसफाइको अनुगमन सम्पन्न गरेको छ । जसको संयोजकमा बलराम श्रेष्ठ रहनुभएको छ । यसका सदस्यहरुमा क्रमश कृष्णकुमार श्रेष्ठ शालिग्राम अधिकारी अनिल श्रेष्ठ सानुकाजी थापा केशरबहादुर के सी सरस्वति श्रेष्ठ राधा खड्का कृष्ण कटेल गणेश थापा भगवान खनाल गीरबहादुर थापा कमलनारायण श्रेष्ठ ऋषी के सी र प्रेमराज लामिछाने रहनुभएको छ ।

यस समितिले बसपार्कदेखि गाविसभवन हुदै शिवालय मन्दिरसम्मको सरसफाइ र शौचालयको अनुगमन गरेको हो ।अनुगमन टोलीले बजारको सरसफाइ र प्रदुषण बिग्रार्न्र अधिकांश होटलहरु र बजारमा व्यवसाय गरेर बस्नेहरु पाइएको समितिका संयोजक बलराम श्रेष्ठ बताउँनुहन्छ । बजारका कतिपय घरमा शौचालय नभएको केहीमा सेफ्टी ट्यांकी नभएको पाइएको श्रेष्ठ बताउँनुहन्छ ।
केही स्थानीय घर होटल र कपडा व्यापारीहरुले शौचालयलाई सिधै खोलामा मिसाएको अनुगमनको क्रममा भेटिएको श्रेष्ठले बताए । चोकका शिव बस्त्रालयका शिव श्रेष्ठले घरको ढल सिधै चिसापानी खोलामा हालेर प्रकृति माथि ठाडो हस्तक्षेप गरेका छन् । उनले खोलामुनी पनि प्लाष्टर गरेर प्रकृति माथि हस्तक्षेप गरिरहेपनि सरोकारवाला निकायले केही गर्न सकेको छैन । यसैगरी उनका घरमा भाँडामा बस्ने शैलुन र अन्य मानिसले खोलामा फोहोर फालेर प्रदुषण गरेको अनुगमन समितिका एक सदस्य शालीग्राम अधिकारी बताउँछन् ।
बजारको मुख्यहाता चोकमा कतिपय घरमा शौचालय नभएको र कतिपयले चिसापानीखोलामा शौचादिलाई प्रवाहित गरेको पाइएको छ । चिसापानीमा रहेको पधेरो माथिमाथि शौचादिका पाइपलाई स्थानीय एक होटलवाला लगेका छन् । तल पधेराँमा नुहाउने कपडा धुने र पानी भर्ने मानिस हुदा माथि माथिबाट दिशापिसाबका पाइप तेसारिएको छ । यो हदैसम्मको लापार्वाही र मनोमानी भएको बताउँछन् अधिकारी । यस्तै खोलामा नै बंगुरपालन र पशुबधशाला बनाउनाले बजार दिनुहँ दुर्गन्धित बन्दै गएका छ ।
चिसापानी खोला र हाडेपानीमा स्थानीयको अतिक्रमण दिनहुँ बढीरहेको छ । शौचादि फ्याँक्ने फोहोरहरु फ्याँकेर दिनहुँ अतिक्रमण गरिरहे पनि कसैले बोल्न सम्म हिम्मत गर्न सकेका छेनन् । हाँडेपानीमा स्थानीय मानिसहरु मर्दा किरियापुत्रीलाई खाना खुवाउने स्थान भएपनि वरपर वंगुरपालन र मानिसको शौचादिले दुर्गन्धित भएको छ । पानीको मुहानका मुखमा गन्धगन्धै रहेको छ । यो धारालाई दिनहँु प्रयोग गरिन्छ । यस्तै मानिस हिड्ने ठाउँमा विक्रीकाबस्तु राखेर पैदल यात्रीलाई समस्यामा पारिएको छ । पृथ्वीराजमार्गको अतिव्यस्त चोक रहेपनि आँबुखैरेनीमा स्थानीय व्यापारीले मानोमानी गरिरहेका छन् ।

2 comments on “शौचादि सिधै खोलामा काण्ड/ पानीको मुहानमा स्थानीयको ढलनल, सरसफाई समिति गठन

  1. suny
    January 15, 2011

    very nice news .we have to do something for devlope our vilage ,thanks ahain author,aanbookhairenipost and whole suppoerter this news..gud job

Leave a Reply to aanbookhairenipost Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 13, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

January 2011
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: