आँबुखैरेनी गाविस भवनमा सरसफाई समितिको छलफल
यस समितिले बसपार्कदेखि गाविसभवन हुदै शिवालय मन्दिरसम्मको सरसफाइ र शौचालयको अनुगमन गरेको हो ।अनुगमन टोलीले बजारको सरसफाइ र प्रदुषण बिग्रार्न्र अधिकांश होटलहरु र बजारमा व्यवसाय गरेर बस्नेहरु पाइएको समितिका संयोजक बलराम श्रेष्ठ बताउँनुहन्छ । बजारका कतिपय घरमा शौचालय नभएको केहीमा सेफ्टी ट्यांकी नभएको पाइएको श्रेष्ठ बताउँनुहन्छ ।
केही स्थानीय घर होटल र कपडा व्यापारीहरुले शौचालयलाई सिधै खोलामा मिसाएको अनुगमनको क्रममा भेटिएको श्रेष्ठले बताए । चोकका शिव बस्त्रालयका शिव श्रेष्ठले घरको ढल सिधै चिसापानी खोलामा हालेर प्रकृति माथि ठाडो हस्तक्षेप गरेका छन् । उनले खोलामुनी पनि प्लाष्टर गरेर प्रकृति माथि हस्तक्षेप गरिरहेपनि सरोकारवाला निकायले केही गर्न सकेको छैन । यसैगरी उनका घरमा भाँडामा बस्ने शैलुन र अन्य मानिसले खोलामा फोहोर फालेर प्रदुषण गरेको अनुगमन समितिका एक सदस्य शालीग्राम अधिकारी बताउँछन् ।
बजारको मुख्यहाता चोकमा कतिपय घरमा शौचालय नभएको र कतिपयले चिसापानीखोलामा शौचादिलाई प्रवाहित गरेको पाइएको छ । चिसापानीमा रहेको पधेरो माथिमाथि शौचादिका पाइपलाई स्थानीय एक होटलवाला लगेका छन् । तल पधेराँमा नुहाउने कपडा धुने र पानी भर्ने मानिस हुदा माथि माथिबाट दिशापिसाबका पाइप तेसारिएको छ । यो हदैसम्मको लापार्वाही र मनोमानी भएको बताउँछन् अधिकारी । यस्तै खोलामा नै बंगुरपालन र पशुबधशाला बनाउनाले बजार दिनुहँ दुर्गन्धित बन्दै गएका छ ।
चिसापानी खोला र हाडेपानीमा स्थानीयको अतिक्रमण दिनहुँ बढीरहेको छ । शौचादि फ्याँक्ने फोहोरहरु फ्याँकेर दिनहुँ अतिक्रमण गरिरहे पनि कसैले बोल्न सम्म हिम्मत गर्न सकेका छेनन् । हाँडेपानीमा स्थानीय मानिसहरु मर्दा किरियापुत्रीलाई खाना खुवाउने स्थान भएपनि वरपर वंगुरपालन र मानिसको शौचादिले दुर्गन्धित भएको छ । पानीको मुहानका मुखमा गन्धगन्धै रहेको छ । यो धारालाई दिनहँु प्रयोग गरिन्छ । यस्तै मानिस हिड्ने ठाउँमा विक्रीकाबस्तु राखेर पैदल यात्रीलाई समस्यामा पारिएको छ । पृथ्वीराजमार्गको अतिव्यस्त चोक रहेपनि आँबुखैरेनीमा स्थानीय व्यापारीले मानोमानी गरिरहेका छन् ।
very nice news .we have to do something for devlope our vilage ,thanks ahain author,aanbookhairenipost and whole suppoerter this news..gud job
thanku very much