आँबुखैरेनीमा फोहर बढन थाल्यो अनुगमनकारी द्वारा चेतावनी
कैलासबावु श्रेष्ठ, आँबुखैरेनी बजार तनहुँ
पौष २९ गते । तनहुँ जिल्लाको ठुलै ब्यापारीक नाका मानिएको आँबुखैरेनी बजारमा केही समय यता फोहर बढन थाले पछि अनुगमनलाई तिब्र पारीएको छ । पर्यटन बर्ष २०११ नजिकीदै गर्दा राजधानी देखी पोखरा गोरखा लमजुङ्ग मनाङ्ग तथा अन्य क्षेत्र जाने मुख्य बाटोको बजार यसरी फोहर गरीदाँ नकारात्मक असर पार्ने भन्दै समितीले फोहर गर्नेलाई एक महिनाको अल्टीमेटम दिएको छ ।
आँबुखैरेनी बजार सरसफाइ समन्वय समितिका पदाधिकारी सहितको एक समूहले बजार क्षेत्रको सरसफाइको अनुगमन गरे पछि फोहर गर्ने घर तथा ब्यापारीलाई एक महिना भित्र बैकल्पीक ब्यवस्था गर्न भनिएको र नगरे कारवाही गर्ने समितिका संयोजक बलराम श्रेष्ठले बताउनु भयो ।
एक होटको शौचालयको पाईप सिधै खोलमा

caption=” घरको शौचालयको पाईप चिसापानी खोलामा मिसाउन लगेको दृश्य”]

[
बजार पछाडी भागमा रहेको अब्यवस्थित बुङ्गुरको खोर

[/
स्थानिय सर्व साधारण बाट बजार दुर्गन्धीत हुन थालेको भन्दै ब्यापक रुपमा जन गुनासो आउन थाले पछि समितीले कडाइका साथ अनुगमनको थालनी गरेको हो ।
समितिले आँबुखैरेनी बजारको बसपार्कदेखि गाविसभवन हुदै शिवालय मन्दिरसम्मको सरसफाइ र शौचालयको अनुगमन गरेको थियो । अनुगमन समितिका अनुसार बजार फोहर गर्ने ठुलो समूह होटल ब्यापारी भएको जनाएको छ । अन्य ब्यापारीहरुले पनि फोहर गरेको पाइएकोले सबैलाई सचेत गराइएको छ । अटेर गरेको खण्डमा सवैलाई कारवाही गछौ भन्नु हुन्छ संयोजक श्रेष्ठ ।
अनुगमन समितिले धेरै जसो होटल ब्यापारीले सेफ्टी टंयाक्की नै नबनाई शौचालयको फोहर सिधै खोलामा फालेको पाइएको र केहीले खानेपानीको मुहानमा समेत फोहर गरेको भेटीएको समेज जनाएको छ । बजार विच भै बग्ने चिसापानी खोलामा सिधै शौचालयका फोहर फाल्ने तथा कल्भट समेत अतिक्रमण गरी ब्यापारीक प्रयोजनमा ल्याइएको र त्यस्ता होटल तथा ब्यापारी बाट वढी मात्रामा फोहर गर्ने गरेको भेटीएकोले उनीहरुलाई तत्कालै ब्यवस्थीत गर्न भनिएको समेत समितिका सदस्य शालीग्राम अधिकारी बताउनु हुन्छ । अधिकारीका अनुसार अन्य जिल्ला बाट आएर यहाँ शैलुन ब्याबसाय गरेका ब्यापारीहरुले समेत फोहर गरेको भेटीएकोले उनीहरुलाई समेत सचेत गराइएको वताउनु भयो ।
समितिले अनुगमन गर्दा बजारका केही घरमा शौचालय समेत नभएको पाइएको जानकारी गराइएको थियो । समितिले चिसापानीमा रहेको पधेरो माथी बाट समेत शौचालयको पाइप लगीएकोले कुनै पनि बेला खानेपानीको मुहान फोहर हुने र ठुलै रोग फैलन सक्ने अनुमान समेत गरेको छ । त्यस्ता घर धनीलाई समेत सचेत गराइएको र तत्काल बैकल्पीक ब्यवस्था गरीहाल्नका लागी भनिएको समितीले जनाएको छ ।
त्यस्तै गरी खोलालाई अतिक्रमण गरी बंगुरपालन र पशुबधशाला बनाउनाले दैनिक जसो आँबुखैरेनी बजार दुर्गन्धित हुदै गएको छ । समितिले आँबुखैरेनी बजारलाई सुन्दर र सफा राख्नका लागी केही वर्ष देखी काम गर्दै आई रहेको छ । सर्व साधारण भने पर्यटन बर्ष नजिकी जादाँ समेत फोहर गर्ने समूह तथा ब्यत्तीलाई सरकारले कारवाही गर्न नसकेको भन्दै गुनासो गर्न थालेका छन ।
यता यही बजार हुदै दैनिक रुपमा गोरखा मनकामना लमजुङ्ग मनाङ्ग तथा पोखरा र अन्य क्षेत्रमा जाने सयौ पर्यटकलाई बस्ने वातावरण श्रृजना नगर्ने हो भने आँबुखैरेनी बजारको भविष्य अन्यौलमा रहने छ ।
Like this:
Like Loading...
Related