Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गाउँले मिलेरै करोडांको काम


गाउँले मिलेरै पनि विकास निर्माणमा करोडौँको काम गर्न सकिन्छ भन्ने उदाहरण आँबुखैरेनीका गाउँलेले देखाएका छन् । मठमन्दिर, पाटीपौवा तथा पूर्वाधार निर्माणका काम गरेर उनीहरूले उदाहरण देखाएका हुन् ।

स्थानीय मिलेर मन्दिर बनाउन ०५६ सालमा गठन भएको समितिले ११ वर्षमै तीन करोडभन्दा बढीका पूर्वाधार र निर्माणका काम गरेका हुन् । सहयोग कुनै दातृ निकाय, गैरसरकारी तथा सरकारी निकायको भने होइन ।

११ लाख रकमबाट अर्काको जग्गामा काम सुरु गरेका स्थानीयले एक आपसको सहयोगबाट भौतिक तथा नगद जम्मा पारेका हुन् । उनीहरूले स्थानीय रामशाह उच्च माविसँग लिएको जग्गामा पाटीपौवा, मन्दिर, गुम्बा, साइकेन्द्र, वृद्धाश्रम, शौचालय, धर्मशाला, सत्तललगायत निर्माण गरेको शिव मन्दिर संरक्षण समिति अध्यक्ष रत्नबहादुर कुँवरले बताए ।

आँबुखैरेनी गोरखा सदरमुकाम छिर्ने नाकामा पर्छ । उक्त बजार तनहुँ, गोरखा, लमजुङ, धादिङलगायतको प्रमुख व्यापारिक केन्द्र मानिन्छ । नेवार समुदायको बाहुल्य रहेको बजारमा सबै जातजाति र धर्मावलम्बीको बसोबास छ ।

‘हामीले कुनै पनि निकायसँग सहयोग नलिई स्थानीयसँगबाट मात्र रकम उठाएका हौँ’, ११ वर्षदेखि अध्यक्ष पदमा कार्यरत कुँवरले भने, ‘त्यसमा पनि सबै जातजाति, भाषाभाषी अनुकूलका मठमन्दिर र पाटीपौवा बनाएका छौँ ।’ अध्यक्षकै भनाइअनुसार उनीहरूले उक्त गाविसको वडा ६ स्थित मस्र्याङदी किनारमा निर्माण गरेका पूर्वाधारमा मन्दिर, गुम्बा, साइकेन्द्रगायत छन् ।

त्यति नै मूल्य बराबर अन्य जातजाति तथा धर्मावलम्बी अनुकूलका भौतिक पूर्वाधार निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष कुँवरले बताए । ‘कसैले व्यक्तिगत रूपमा सहयोग गरे, कसैले हामीले निर्णय गरेअनुसारको रकम दिएर काम गरेका हौँ’, शिवमन्दिर परिसरभित्र ५ लाखभन्दा बढी रकमका पाटीपौवा निर्माण गरिसकेको उनले बताए । आँबुखैरेनीबासीले निर्माण गरेको तीन रोपनी जग्गामा धार्मिक कार्यक्रमदेखि दाहासंस्कार गर्नेसम्मका पूर्वाधार छन् ।

उक्त क्षेत्रमा सवारी साधन, पार्क, गेस्टहाउस, पिकनिकका लागि पकाउने ठाउँ, पुराण लगाउने पूर्वाधार, बैठक हल, सभा हल, वृद्धाश्रम, खानेपानी धारा, दर्जनांै शौचालय, विवाह व्रतबन्धका लागि आवश्यक पूर्वाधार र दाहासंस्कारका लागि घाटसमेत छन् । जसमध्ये पाँच वटा ठूला भवन छन् । सबै पूर्वाधार निर्माण गर्न तीन करोडभन्दा बढी खर्च भएको समितिले जनाएको छ ।

‘मूल्यांकन गरेका छैनौँ’, स्थानीय भक्तबहादुर थापाले भने, ‘कसैले ती पूर्वाधार प्रयोग गरेको अवस्थामा निश्चित शुल्क लिएर प्रयोग गर्न दिने गरेका छौँ ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 12, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: